ब्राउनसुगरसहित दुई जना पक्राउ

ब्राउनसुगरसहित दुई जना पक्राउ

arrest

सांकेतिक तस्विर

झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागु औषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

उनका अनुसार खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds