प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार छ – माधव नेपाल

प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार छ – माधव नेपाल

madhav kumar nepal

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई आवश्यक परे नेकपा सुरक्षा दिन तयार रहेको बताएका छन् ।

मंगलबार विराटनगरमा प्रेस संगठन मोरङले  आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले आफूलाई असुरक्षित महसुस गरेकै हो भने नेकपा सुरक्षा प्रदान गर्न तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री देश र देशवासी सबैको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने बताउँदै नेपालले भने, ‘देशलाई सुरक्षा प्रदान गर्ने प्रधानमन्त्री आफैँ नै असुरक्षित हुनुभएको हो भने आफ्नो दल सुरक्षा दिन तयार छ ।’

कम्युनिस्ट नेता स्व. भरतमोहन अधिकारीको दोस्रो स्मृति सभामा भाग लिन विराटनगर आएका नेपालले वर्तमान राजनीतिक गतिरोध संसद् अधिवेशनसँगै अन्त्य हुने बताए ।

प्रतिगमनको विरुद्धमा रहेका सबै राजनीतिक पार्टीहरूसँग मिलेर देशलाई निकास दिने उनले भनाइ छ । प्रतिगमनविरोधी शक्ति मिलेर नयाँ सरकार गठन गर्ने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ