ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

taplejung fire

ताप्लेजुङको दोभान बजारमा भइरहेको आगलागीबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्।

घटनास्थलमै रहेकी ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले सेतोपाटीलाई दिएको जानकारी अनुसार कम्तिमा ४० घर पूर्ण रूपमा नष्ट भएका छन्। यो संख्या बढ्न सक्ने उनको भनाइ छ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजेदेखि आगलागी सुरू भएको थियो।

‘अहिलेसम्म कम्तिमा ४० घर पूर्ण रूपमा जलेको सुरक्षा निकायको अनुमान छ’, उनले भनिन् ‘अहिले चाहिँ फैलिने क्रम रोकिएको छ। नियन्त्रण उन्मुख भएको आगो पूरै नियन्त्रणमा चाहिँ आइसकेको छैन।’

अहिले एउटा दमकलले मात्रै आगो निभाइरहेको बताउँदै उनले पाँचथरको दमकल आइपुग्न लागेको जानकारी दिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ