नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताएको छ ।
शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लगाएको छ ।
अध्यक्ष दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । नैतिकताको आधारमा प्रधानमन्त्री ओली एकछिन पनि पदमा बस्न लायक नभएको उनको भनाइ छ ।
अध्यक्ष दाहालले अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको बताए । संसद् विघटनपछि प्रधानमन्त्री ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदिएकाले निर्वाचन आयोगको हल्लाको सेटिङ पनि भत्किने दाबी गरे ।
निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने भन्दै अध्यक्ष दाहालले दुविधामा रहेका नेता कार्यकर्तालाई फर्किन आग्रह गरे । प्रधानमन्त्री ओलीले आफूहरूलाई सिध्याउने एक मात्र मिसनमा रहेको जिकिर गर्दै अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरुवात हुने बताए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने