स्यानिटाइजर सेवन गर्दा वृद्धाको मृत्यु

स्यानिटाइजर सेवन गर्दा वृद्धाको मृत्यु

Death Dubera

विराटनगरमा एक वृद्धाले स्यानिटाइजर खाँदा उपचारको क्रममा मृत्यु भएको छ।

शनिबार राति विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका अधिकारीले स्यानिटाइजर सेवन गरेकी थिइन्।

घरायसी विवादका कारण उनले स्यानिटाइजर सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

स्यानिटाजर सेवन गरेपछि उनलाई कोसी अस्पतालमा भर्ना गरिएको थियो। सोमबार दिउँसो १ बजे उनको मृत्यु भएको डिएसपी राईले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ