सोमबार पोखराका १०५ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

सोमबार पोखराका १०५ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि

149801081_3899227406806761_1653815480536924368_n

पोखरा – सोमबार पोखराका १५ सहित गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज गण्डकीका ५ जिल्लाका १७५ जनाको संकलित स्वाब परीक्षण गरिएकोमा कास्कीको पोखरा महानगरका १५ सहित, लमजुङका १ र म्याग्दी जिल्लाका २ जनाको रिपोर्ट कोरोना पोजेटिभ हो  ।

आज कास्कीका १०५ जना, लमजुङका १६ जना, स्याङ्गजाका १६ जना, नवलपुरका २९ जना र म्याग्दीका ९ जनाको स्वाब परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार ५९ पुगेको छ, जसमा २२० सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट २८ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ६ सय ३४ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा हालसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds