पाेखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे ज्यान तलमाथि भएपनि अनाैठाे नमान्न भन्दै अनाैठाे कुरा गरेका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफ्नाे ज्यान नै जान सक्ने पनि उल्लेख गरे । ‘ममाथि सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’ प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए ।
• माधव नेपालकाे नेतृत्व हुँदा अन्तर्वार्ता दिन पनि पाइन्नथ्याे ओलीले माधव नेपाल पार्टी अध्यक्ष हुँदा आफूहरूलाई अन्तर्वाता दिन पनि रोक लगाउने गरेको बताए । १५ वर्ष माधव नेपाललाई आफूहरूले नै साथ दिएको भए पनि उनले त्यति बेला बाहिर कार्यक्रममा गएर बोल्न पनि रोक लगाउने गरेको बताए । उनले भने, ‘माधव नेपालका पालामा हामी के बोल्यौं क्यासेट रकेर्ड गरेर सुनाउनु पथ्र्यो, अन्तर्वाता दिए कारबाहीमा परिन्थ्यो ।’
• विप्लव शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ ओलीले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरे । उनले सुतली बम पड्काएर नबस्न आग्रह गरे । ‘देशलाई समृद्ध बनाउने बाटोमा लाग्नुस्, जनता किन तर्साउने, सरकार तपाईंहरूलाई साथ दिन सकारात्मक छ ।’ उनले भने । तर नेकपामै स्वार्थ, व्यक्तिगत आकांक्षामा बाहेक अरु नदेख्नेहरू रहेको र उनीहरू छुट्टिएको ओलीले बताए ।
• ‘कहिले गाउँछन् दिए खान्थेँ मायाको दाहिने हातले’ ओलीले दाहाल–नेपाल अहिले प्रधानमन्त्री खोज्दै हिँडिरहेको बताए । ‘कहिले गाउँछन् दिए खान्थेँ मायाको दाहिने हातले । दिए खान्थेँ भनेको छ । त्यसको विधि प्रक्रिया छ । संविधान छ , नियम छ कानुन छ । यदी उहाँहरु अपराध नै गर्न सफल हुनु भयो भने । हामी मानौँला । हामी प्रतिपक्षी भएर बसौँला,’ उनले भने, ‘दुई वर्षपछि दुई तिहाई लिएर आउँला । सुखी नेपाली समृद्ध नेपाल बनाउन हामी दुई तिहाइका साथ आउँछौँ । अघिल्लो पटक पनि मलाई प्रधानमन्त्री बाट हटाएको होइन । यिनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल हुन् । ’
• कुस्ती जसले जित्छ त्यसैलाई प्रधानमन्त्री बनाउँ न पहिलाे प्रधानमन्त्रीत्व कालमा माधव नेपाल, झलनाथ खनालहरुले पार्टीमै भए पनि प्रचण्डलाई उकासेर हटाएको उनको भनाइ थियो । ‘प्रधामन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने त रैनछ विधि पद्धतिले गलत्याएर हटाउनु पर्छ भन्ने रैछ,’ ओलीले भने, ‘सक्नुहुन्छ भने अविश्वासको प्रस्ताव राखेर हटाउनुस्, बलियो छु भन्ने लाग्छ भने प्रधानमन्त्रीसँग कुस्ती जसले जित्छ त्यसैलाई प्रधानमन्त्री बनाउँ न !’
• बहुमत मैले नै दिएकाे हुँ दाहाल–नेपाल समूहले भनेको केन्द्रीय कमिटी आफैंले बनाएको र हटाउने अधिकार पनि आफैलाई रहेकाे बताए । अहिलेसम्म त्यो कमिटीको कसैको पद नचलाइदिएको उनको भनाइ थियो । ‘माइतिघर मण्डलामा बसेर आफैं अध्यक्ष भन्ने, आफैं अबिर लाउने, आफैं लड्डु खाने बस्ने,’ उनले भने, ‘विधि पद्धति प्रक्रिया भन्दै गरे पनि अध्यक्ष, दलको नेता छान्ने, पार्टी फोडेर हिँड्ने रहेछ विधि पद्धति प्रक्रिया ।’ आफूइतर नेताले भनेको बहुमत साबित गर्न प्रधानमन्त्री ओलीले चुनौती दिए । ‘विधिवत् दलको नेता फेर्नुस् न, कार्की व्याङ्केटमा बसेर बहुमत सावित हुन्छ ? बहुमत सावित गर्नुस्,’ उनले भने । अब सरकार परिवर्तन भए पनि आफूहरु डेढ वर्ष प्रतिपक्षमा बसेर पुनः दुईतिहाइ बहुमत लिएर फर्कने उनको दाबी थियो । आफूले बहुमत भन्दा एकतावद्ध भएर जाउँ भन्दा देश र पार्टी विरोधी नेताले आफ्नो धन्दा चलाउन र देश बर्बाद पार्न लागेको बताए । ‘देश विकास गर्ने होइन, जनतालाई खुसी बनाउन हैन, पूर्वाधार विकास गर्ने होइन, कम्फर्टेबल सरकार बनाउन लाग्नुभो,’ उनले भने ।
सम्बन्धित खबर
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा
डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न कास्की अदालतको आदेश
कास्की हिरासतमा रविको तस्वीर खिच्ने निकोलस भुसाल फेरि पक्राउ
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी