स्याङ्जा मालुङ्गामा ३९४ घरमा ‘एक घर एक धारा’

स्याङ्जा मालुङ्गामा ३९४ घरमा ‘एक घर एक धारा’

dhara1

स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका यहाँका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महशुस गरेका हुन् ।

‘मालुङ्गा चिदेपानी खानेपानी योजना’अन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताए । “साविकको मालुङ्गा गाविसका वडा नं १, २, ३ र ४ मा खानेपानीको निकै समस्या थियो, वडाध्यक्ष बस्यालले भने, “गाउँको पहिलो प्राथमिकतामा परेको खानेपानीको समस्या समाधानका लागि निरन्तरको प्रयासपछि खानेपानीको समस्या हल गर्न सकेका छौँ ।”

तीन वर्षदेखि निर्माण कार्य थालिएको योजना हालै मात्र रु ७५ लाखको लागतमा निर्माण सम्पन्न भएको वडाध्यक्ष बस्यालले बताए । राम्दी नजिकै रहेको चिदीपानी मुलबाट झण्डै तीन किलोमिटर दूरीमा पाइपमार्फत कालीगण्डकी नदीको किनार उत्तरबाहिनी ९खाडाघाट० मा पानी ल्याई ट्याङ्कीमा सङ्कलन गरिएको उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले बताए ।
बाक्लो बस्ती रहेको यहाँका स्थानीयवासीले लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएका थिए । “खाडाघाटमा एक लाख लिटरको ट्याङ्की निर्माण गरेका छौँ, त्यहाँबाट दुई चरणमा ५२० मिटर माथि रहेको बजादीमा एक लाख लिटरको ट्याङ्कीमा पानी जम्मा गरी वितरण गरिएको छ” उपभोक्ता समितिका अध्यक्ष बस्यालले भने , “गाउँभन्दा तल रहेको कालीगण्डकी नदीमा बगेको पानी हेरेर तिर्खा मेटाउनु पर्ने समस्या अब घरमै पानी आएपछि हल भएको छ ।”

खानेपानीको जोहोका लागि दैनिक गाउँभन्दा पर रहेका मुलमा ट्याङ्कर, ट्याक्टर तथा मोटरसाइकलमा पानी बोकेर दैनिकी चलाउँदै आएको उपभोक्ता समितिका अध्यक्ष बस्यालले बताए। “खानेपानीको स्रोत नजिकै नभएकाले ट्याङ्कर तथा ट्याक्टरमा ड्रम राखेर पानी ल्याउनुपर्ने बाध्यता थियो” उपभोक्ता समितिका अध्यक्ष बस्यालले भने, “खानेपानीका लागि लामो समयदेखि झेल्दै आएको समस्या हल भएसँगै हामी निक्कै उत्साहित र हर्षित छौँ ।” स्थानीयवासी डोलमाया बस्यालले भने, “अब पानीका लागि दिनै बिताउनु पर्ने छैन ।” पानीको अभावका कारण खानेपानी, बस्तुभाउलाई खुवाउने पानी, नुहाइधुवाइ तथा करेसाबारीमा पानी हाल्नका लागि अड्कल्नु पथ्र्यो, अब सहज हुने विश्वास बस्यालको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ