लाइसेन्स छपाइको काम रोकियो

लाइसेन्स छपाइको काम रोकियो

driving_licence

मङ्सिरसम्मका कार्ड छपाएर यातायात कार्यालयमा पठाइसकेको विभागसँग अब ४० हजार थान मात्र खाली कार्ड बाँकी छन् । कार्ड सकिएपछि अत्यावश्यक बाहेकका कार्ड छपाइको काम रोकिएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘पुराना बाँकी रहेका, विदेश जाने लगायत अत्यावश्यक परेका व्यक्तिलाई वितरण गर्ने गरी बाँकी कार्ड छापिरहेका छौं,’ उनले भने ।

कार्ड अभाव भएपछि विभागले दुई साताअघि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एण्ड सोलुसनसँग नयाँ कार्ड खरीदका लागि सम्झौता गरिसकेको छ ।

विभागले १४ करोड ९१२ लाख ४ हजार अमेरिकी डलरमा उक्त कम्पनीलाई ठेक्का दिएको हो । गत भदौ दोस्रो साता स्मार्ट लाइसेन्स कार्डका लागि ठेक्का आह्वान गरिएकोमा मलेशियाको कम्पनी आइरिस बर्हाड कर्पोरेसन, फ्रान्सेली कम्पनी एसईएलपी र भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले आवेदन दिएका थिए ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ