स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएको छ ।
मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकताप्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको बताए ।
उनले खोप अभियानका लागि अनुमानितभन्दा कम लागतमा सो अभियान सञ्चालन भइरहेको तथा प्रक्रियामा कुनै पनि अनियमितता र अराजकता हुन नदिइने सङ्कल्प गर्नुभयो । सरकारले महामारीविरुद्ध अग्रपङ्गतिमा खटिएका स्वास्थ्यकर्मीलगायतलाई पहिलो प्राथमिकताप्राप्त समूहको पहिलो चरण गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो ।
पचपन्न वर्ष उमेरभन्दा माथिका सबै व्यक्तिका लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । पहिलो र दोस्रो प्राथमिकताप्रप्त समूह गरी कूल जनसङ्ख्यामा २० प्रतिशतलाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।
उनले भने, “राजनीतिक र कूटनीतिक प्रयासबाट हामी चाँडै खोप ल्याउन सफल भएका छौँ । यसका लागि सार्वजनिक खरीद ऐनको बाधा अड्काउ फुकाउ गराएर यसको उपलब्धता गराएका छौँ । सीमित देशका सीमित कम्पनीले उत्पादन गरेकाले अझै केही खेपको खरीदमा प्रतिस्पर्धा गराउन सक्ने स्थिति छैन ।
मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोपको उपलब्धताको जिम्मा सङ्घीय सरकार तथा वितरण र व्यवस्थापनको जिम्मा स्थानीय तहको भएकाले यसमा सबै तहका सरकार र नागरिक समाजको सक्रियता आवश्यक रहेको बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते