झापाका समाजसेवी डा. शंकरप्रसाद उप्रेतीको निधन

झापाका समाजसेवी डा. शंकरप्रसाद उप्रेतीको निधन

शंकर उप्रेती

झापाका समाजसेवी चिकित्सक डा. शंकरप्रसाद उप्रेतीको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।

तेह्रथुमको आठराई मूल थातथलो रहेका डा. शंकरप्रसाद उप्रेतीले राजस्थानको जयपुरस्थित मेडिकल कलेजबाट एमबीबीएसको अध्ययन पूरा गरेका थिए ।

एमबीबीएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका डा। उप्रेतीले अर्को ४० वर्ष झापाको शनिश्चरेमा बसोबास गरी त्यस क्षेत्रका बिरामीहरुको निःशुल्क उपचार गरेका थिए ।

५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती राष्ट्रिय सभाका पूर्व सदस्य पनि हुन् । पछिल्लो समय पूर्णतः अवकास जीवन विताउँदै आएका डा. उप्रेती केही समयदेखि अस्वस्थ थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds