रोनाल्डोको गोलले जोगिएन युभेन्टस

रोनाल्डोको गोलले जोगिएन युभेन्टस

ronaldo

इटालियन सिरी ए साविक विजेता युभेन्ट्स हेलास भेरोनासँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले हेलास भेरोनासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्न बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

तर, ७७ औं मिनेटमा हेलास भेरोनाका एन्टोनियो बाराकले बराबरी गोल फर्काउँदै युभेन्ट्सलाइ जितबाट बन्चित गराए ।

यस बराबरीपछि युभेन्ट्स लिग लिडर इन्टरभन्दा ७ अंकले पछि परेको छ । २३ खेलबाट ४६ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा यथावत छ ।

समान खेलबाट ५३ अंकसहित इन्टर पहिलो र ४९ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ ।

भेरोना ३५ अंकसहित नवौं स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ