पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता एवं तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको दोश्रो स्मृति दिवसमा उनको स्मरण गरिएको छ । रविन्द्र स्मृति प्रतिष्ठानले पोखरा १८ राष्ट्रिय सहिद तथा विभूति पार्कमा रहेको अधिकारीको पूर्णकदको शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गर्दै उनको योगदानको चर्चा गरेर मनाइएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको योद्धा गुमाएको बताए । उनले नेकपाले होनहार युवा नेता गुमाएको बताउँदै बत्ती बालेर रविन्द्रको स्मरण गरेर नहुने बताए । उनले देखेका विकास र समृद्धिका योजनलाई सफल बनाउनुपर्नेमा जोड समेत दिए । उनले नेपालका राजनीतिक आन्दोलनमा रगत र पसिना बगेको बताउँदै जीवनलाई कसैले पनि ख्याल ठट्टा गर्न नहुने समेत उल्लेख गरे ।
कार्यक्रममा बोल्दै स्वर्गीय अधिकारीका धर्मपत्नी एवं सांसद विद्या भटराईले रविन्द्र अधिकारीले देशमा विकास र समृद्धि सम्भव छ भन्ने कुरालाई पुष्टि गरेको बताईन् । रबिन्द्रले देखाएको बाटोलाई पछ्याउनुपर्नेमा जोड समेत दिइन् ।
रविन्द्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापा र प्रतिष्ठान सचिव धनराज आचार्यले रविन्द्र अधिकारीका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने