लमजुङमा नातामा बहिनी पर्ने बालिकालाई करणी गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ परेका छन् । पढाइदिन्छु र टिकटक पनि बनाउने भनेर घरमा डाक्दै ति किशोरले हाडनाता करणी गर्दै आएको प्रारम्भिक बयानमा खुलेको लमजुङ प्रहरीले जनाएको हो । यो बेशिशहर क्षेत्रमा भएको घटना हो । बहिनी १२ वर्षकी बालिका हुन् ।
बालिका प्रायः किशोरको घरमा आउजाउ गर्ने र नातामा दाजुबहिनी भएकाले घरपरिवारले पनि कुनै अनर्थ नसोच्ने भएकाले पनि किशोरले कोहि नभएको मौका पारी घरमै बलात्कार गर्दै आएको बताइन्छ । बालिकालाई निरन्तर जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । प्रहरीका अनुसार पछिल्लो समय फागुन १ गते बालिकामाथि किशोरले जबर्जस्ती करणी गरेका थिए । किशोरले माघदेखि नै करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
डर र धम्कीका कारण बालिकाले आफ्ना अभिभावकलाई घटनाबारे भन्न सकेकी थिइनन् । पक्राउ परेका किशोरलाई कानुनबमोजिम प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाई हाडनाता र बालिकालाई जबर्जस्ती करणी अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रहरीले बुधबार राति ती किशोरलाई पक्राउ गरी बिहीबार लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो । जिल्ला अस्पताल लमजुङमा सरकारी डाक्टर नभएको र सुन्दरबजारमा सेवा नभएपछि दमौलीको जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ ।
सम्बन्धित खबर
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति
रविको विपक्षमा बहस गर्ने अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतमै हातपात
रास्वपा सभापति रवि लामिछानेलाई साधारण तारेखमा छाड्न उनी पक्षीय वकिलले माग
थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी