आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ ।
ओली निकट नेता तथा नेकपा ओली पक्षबाट प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले प्रधानमन्त्री ओलीसँगको भेटमा आगामी फागुन २३ गतेभित्र संसद बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएको आफुले पाएको जानकारी दिए ।
त्यस्तै संसद बैठक आव्हान भइसकेपछि विपक्षीहरूको भुमिका हेरेर थप रणनीति बनाउने ओली पक्षको तयारी रहेको सो पक्षका नेताहरुले बताएका छन् । शुक्रबार ओलीले बालुवाटारमा आफु निकटका नेताहरूसँगको भेटमा पार्टीभित्र समस्या रहेको भन्दै आफुले मुलुकको स्थायित्व र विकासका काम गर्न खोज्दा नदिएको भन्दै अब आउने चुनौतीलाई फेस गर्दै जाने बताएका थिए ।
‘फागुन २२ वा २३ मा संसद बैठक बस्छ । संसद बैठक बसेपछि जसले हटाउन खोजेको हो उहाँहरु कुन रणनीति अनुसार प्रस्तुत हुनुहुन्छ हामी त्यही अुनसार अघि बढिन्छ, प्रतिवाद गरिन्छ नै’, ओलीले आफु निकटका नेताहरुलाई ब्रिफिङ गर्ने क्रममा भनेका छन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने