प्रतिनिधिसभाका सांसदहरुले विघटित अवधि (पुस ५ देखि फागुन ११) सम्मको सबै तलब भत्तासहित सुविधा पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएपछि सांसदहरुको तलब भत्तासहितका सबै सुविधा रोकिएका थिए।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै पुस ५ र फागुन ११ बीचको समयलाई शून्य समयुका रुपमा परिभाषित गरिदिएपछि उक्त अवधिको पनि सबै सुविधा सांसदहरुले पाउने भएका हुन्।
संसद सचिवालयका सह(प्रवक्ता दशरथ धमलाका अनुसार पुस ५ देखि फागु ११ सम्मको शून्य समयको पनि कानुन अनुसार प्रतिनिधिसभाका सबै २७५ जना सांसदहरुले पाउने भएका छन्।
धमलाका अुनसार प्रतिनिधिसभाका सबै सांसदहरुले पुस र माघको तलब भत्ता फागुनसँगै एकसाथ पाउने छन्। हामीले उहाँहरूको तलब हरेक महिनाको अन्तिममा हाल्ने गरेका थियौँ, धमलाले भने, यो पटक पुस र माघको पनि तलब फागुनको पठाउँदा एकसाथ जानेछ। तर रोकिएको तलब कति थियो भन्ने चाहिँ हिसाब निकाल्दैछौँ।
सरकारले एकजना सांसदका लागि तलब भत्तासहित करिब ६५ हजार रुपैयाँ निर्धारण गरिदिएको छ। प्रतिनिधिसभाका २७५ सांसदहरुले मासिक १ करोड ८० लाख रुपैयाँ तलबभत्ता वापत लिने गरेका छन्।
संघीय संसद सचिवालयले प्रतिनिधिसभाका २७५ सांसदको पुस र माघको ३ करोड ७५ रुपैयाँ भुक्तानी तयारी गरेको छ। यसका लागि संसद सचिवालयले फागुनको तलबमा पुस र माघको पनि जोडेर निकासा तयारी गर्न लागेको हो।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने