एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स गरेकी गायिका अञ्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । एक बर्षदेखि सम्बन्धमा रहेकी अन्जुले थिर कोइरालासँग बुधवार विवाह गरेकी हुन् ।
दुवैजना क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा विवाह गरेका हुन् । उनीहरुको विवाहमा सिमित आफन्तहरु मात्र सहभागी रहेको वुझिएको छ ।
छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण विवाहको बिषयमा सोचेको पनि बताएकी थिइन् ।
भ्यालेन्टाइन डेका दिन अञ्जु र थीरले प्रेम सार्वजनिक गरेका थिए । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएपछि भने उनीहरु नजिक भएका थिए ।
गायिका अन्जुले थीरसँग आफ्नो तस्बिर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘धेरै माया।’ एक अर्कासँग निकट अन्जु र थीरले गत माघ तेस्रो साता आफ्नो सम्बन्ध सार्वजनिक गर्दै चाँडै विवाह गर्ने बताएका थिए।
थीरले ठूलो भोज आयोजना नगरिए पनि केही आफन्तमाझ चाँडै बिहेको ‘सेलिब्रेसन’ गर्ने बताएका छन्। उनले भने, ‘त्यसबाहेक केही अनाथालयका मान्छेहरुलाई सहयोग गरी हाम्रो बिहेको खुसी साट्ने छौं।
सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते