सर्वोच्चको फैसलापछि बुधबार दिउँसो पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रुपमा लिएको बताएका छन्। ओलीले राजीनामा नदिने संकेत गरे ।
उनले भने, ‘मैले प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन। यो सामान्य कुरा हो। मेरा केही भाइहरूले लड्डु खुवाईखुवाई गरे रे, लड्डु खाएछन। खुसी भएर, जित्यौं भनेर। के जिते मलाई थाहा छैन। के पाउँछन् अब हेर्नुछ।’
प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्ने समेत बताए। तर आफूलाई त्यता तर्फ कुनै चिन्ता नभएको बताए। उनले भने, ‘मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ। ‘राजीनामा देउ, राजीनामा देउ’ भनेर। यतापट्टी चिन्ता गर्नु पर्दैन। को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्नसक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ जीन्दगीको कुनै ठेगान छैन। जबसम्म बाँचिन्छ तवसम्म राम्रो काम गर्ने हो । मरेपछि न मान्छे बेइमान हुनसक्छ न इमान्दार हुनसक्छ।’
प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेको दाबी समेत गरे। उनले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताए। स्वार्थले लपेटिएकाहरुमा मात्र कुनै घटनाले फरक आउने बताए । उनले आफूलाई सुर्यसँग तुलना गर्दै भने,‘उदाउने सुर्य पनि रातै हुन्छ, अस्ताउने सुर्य पनि रातो भएर अस्ताउँछ ।’ आफू कर्तव्य पालनामा दृढताका साथ उभिएको दाबी गरे । देश बनाउने र जनतालाई सुखी बनाउने दिशामा जीन्दगी रहेसम्म प्रतिवद्ध भएर लाग्ने बताए ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने