प्रधानमन्त्री केपी ओलीले आफ्नो दलको आन्तरिक द्वन्द्वबाट उम्किँदै पद जोगाउन संसद विघटन गरिदिए र वैशाखमा चुनाव घोषणा गरे । त्यसपछि चुनावको पक्षमा माहोल बनाउन देशका मुख्य शहरहरुमा सभा गर्न थाले ।
तर मंगलबार सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि ओली समूहका आगामी कार्यक्रम स्थगित भएका छन् । स्थायी कमिटी बैठकले गर्ने निर्णयअनुसार आगामी कार्यक्रम तय गरिने ओली समूहका नेताहरुको भनाई छ ।
प्रतिनिधि सभा विघटन र चुनावको पक्षमा माहोल बनाउन देशका विभिन्न शहरमा जनसभा गर्दै आएको ओली समूहले फागुन १४ गते सुर्खेतमा र १५ गते पोखरामा वृहत् जनसभा गर्ने कार्यक्रम थियो । ओली पक्षीय नेकपाले सुर्खेत र पोखरामा गर्ने जनसभा स्थगित भएका छन् । प्रतिनिधि सभा पुनःस्थापना भएसँगै ओली नैतिक रुपमा संकटमा छन् । यस्तो अवस्थामा तामझामका साथ विभिन्न जिल्ला र सहरमा गर्न लागिएका सभाहरु स्थगित गर्न थालिएको हो ।
पोखरामा फागुन १५ गते हुने जनसभाका लागि सबै तयारी स्थगित गरिएको ओली समूहका नेकपा गण्डकीका एक नेताले बताएका छन् । पोखरामा हुने १५ गतेको जनसभामा १ लाख २० हजार कार्यकर्ता उतार्ने तयारीका साथ पार्टीले विभिन्न उमिति उपसमिति बनाएको थियो । पार्टी कार्यकर्तादेखि युवाहरु, विद्यार्थीहरुलाइ पनि परिचालन गरेको थियो । मोटरसाइकल र्याली र मार्चपासको तयारी पनि भएको थियो ।
यस्तै, सुर्खेतमा हुने फागुन १४ गतेको जनसभा पनि स्थगित भएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने