फैसलाप्रति विमति जनाउनेहरू लोकतन्त्रवादी नहुने बताएका पोखरेल भन्छन् : फैसला माने पनि सम्मान गर्न सकिन्‍न

फैसलाप्रति विमति जनाउनेहरू लोकतन्त्रवादी नहुने बताएका पोखरेल भन्छन् : फैसला माने पनि सम्मान गर्न सकिन्‍न

Ishwar Pokhrel

काठमाडौँ — उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा पुन:स्थापने गर्ने सर्वोच्च अदालतको फैसलाप्रति विमति जनाएका छन् । सर्वोच्चको फैसला मान्नुपर्ने भए पनि सम्मान भने गर्न नसकिने उनको प्रतिक्रिया छ ।

मंगलबार राति ट्वीट गर्दै नेकपा सचिवालय सदस्यसमेत रहेका उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न । ’

सरकार सञ्चालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्न रहेकामा त्यसलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको उनले उल्लेख गरेका छन् ।

प्रेस संगठन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सबै लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्ने बताएका थिए । साथै उनले न्यायालयको फैसला नमान्नेहरू लोकतन्त्रवादी हुनै नसक्ने बताएका थिए । उनले भनेका थिए, ‘न्यायालयले जे फैसला गर्छ त्यसलाई हामी मान्दैनौं भनेर कसले भन्छ र ? न्यायपालिकाले गर्ने फैसलाप्रति विमति जनाउने कुन लोकतन्त्रवादी हुन्छ ?’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ