काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन् । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुन:स्थापनाका पक्षमा फैसला गरेपछि ओलीले बुधबार बिहान ११ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली आफैले कुनै प्रतिक्रिया दिएका छैनन् । तर मंगलबार साँझ उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका थिए ।
दाहाल-नेपाल समूहको पनि संसदीय दल बैठक ४ बजे
यसैबीच, पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले पनि बुधबार अपरान्ह ४ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ । ४ बजे सिंहदरबारमा बैठक बस्नेछ र समसामयिक विषयमा छलफल गर्नेगरी बैठक बोलाइएको हो । नेकपाका सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन भनिएको छ ।
दाहाल-नेपाल समूहले यसअघि नै पुस ९ गते ओलीलाई हटाएर संसदीय दलको नेतामा दाहाललाई निर्वाचित गरेको थियो ।
संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलाको खुसियालीमा दाहाल-नेपाल समूहले बुधबार बिहान सबै जिल्ला सदरमुकाममा कार्यक्रम आयोजना गरेकव थियो । उक्त समूहले बुधबार मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा पनि कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने