सत्ता बाहिरका दलकाे बैठक बुधबार बस्ने भएकाे छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि चितवनबाट बिबिसीसँग कुराकानी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बुधबार सत्ताबाहिरका दलको बैठक बस्ने जानकारी दिएका हुन्।
नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा)लगायत दलहरूसँग वार्ता गरेर अघि बढिने बताएका हुन्। ‘अब नयाँ तरिकाले संवाद गरे अघि बढ्छौं। हामी आज चितवन आएका छौँ। अब हामी भोलि काठमाडौं जान्छौँ,’ प्रचण्डले भने, ‘काठमाडौं पुगेर कांग्रेस जसपालगायत दलहरुसँग संवाद गरेर अघि बढ्ने छौँ।’
बुधबार कहाँ र कतिबेला सत्ताबाहिरका दलको बैठक बस्छ भन्ने चाहिँ प्रचण्डले खुलाएका छैनन्।
कांग्रेस सभापति देउवा र नेकपा अध्यक्ष प्रचण्डबीच टेलिफोनमा बधाई साटासाट
प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले असंवैधानिक घोषित गर्दै बदर गरेपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोनमा कुराकानी भएको छ।
अदालतको फैसला आएसँगै अब सरकार कसरी अगाडी बढ्छ भन्ने विषय निकै चासोको विषय बनेको छ। नेकपा भित्र दुई गुट देखिदा बहुमतको सरकार बनाउन नेपाली कांग्रेसको भुमिका झनै अहम बनिरहेको समयमा अध्यक्ष दाहाल र सभापति देउवाको कुराकानी पनि महत्वपूर्ण देखिन्छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक घोषणा गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन परमादेश दिएको छ।
विघटन बदर भएसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन सक्छन्। यदि त्यसो भएन भने संसद बैठकबाट नेकपा (दाहाल-नेपाल समूह)का ८९ सांसदले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव अगाडि बढ्ने छ।
अविश्वासको प्रस्तावमा बहुमत पुगेर पारित भएमा ओली पदमुक्त हुनेछन्। तर, अविश्वासको प्रस्ताव पारित हुन कांग्रेस वा मधेशवादी दलको साथ चाहिन्छ। कांग्रेस निर्णायक हुनेछ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने