निशानको बहुप्रतिक्षित बिग, बोल्ड, ब्युटिफुल ‘म्यागनाइट’ पोखरामा पनि सार्वजनिक

निशानको बहुप्रतिक्षित बिग, बोल्ड, ब्युटिफुल ‘म्यागनाइट’ पोखरामा पनि सार्वजनिक

Magnite

बहुप्रतिष्ठित विश्व ब्रान्ड निशानको सुपर कार ‘म्यागनाइट १.०’ नेपाली बजारमा भित्रिएको छ । लामो प्रतिक्षापछि हालैमात्र नेपाली बजारमा ‘बिग, बोल्ड, ब्युटिफुल’ म्यागनाइटलाई निशान गाडीका लागि नेपालको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनी पायोनियर मोटोकर्पले भित्र्याएको हो । कम्पनीले सोमबार साँझ एक भव्य समारोहका बीच करिश्म्याटिक एसयूभी निशान म्यागनाइट सार्वजनिक गरेको हो ।

पोखरामा पनि मंगलबार इलाइट मोटर्स प्रा.लि. उत्तमचोक, पोखराले नयाँ निशान म्यागनाइट सार्वजनिक गरेको छ । बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबार एक कार्यक्रमबीच बिक्री शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले निशान म्याग्नाइट धेरै ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।

इलाइट मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक गोपाल बरालले निशान म्याग्नाइटको बिक्री शुभारम्भ ग्राहक केन्द्रित यात्रामा एउटा अविस्मरणीय कोशेढुंगा हुने बताए । उनले भने – ‘विशेष गरी हाम्रो मुल्यवान ग्राहकहरुका लागिबिग, बोल्ड, ब्युटिफुल र ‘क्यारिजम्याटिक’ निशान म्यागनाईट बजारमा ल्याएका छौं । ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाईटले पक्कै पनि नेपाली बजारमा गेम चेन्जरको भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं।’ व्यवस्थित सर्भिस सेन्टर स्थापना गरी कम्पनीले बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेको उनले बताए ।

यस्तो छ मूल्य र विशेषता

नयाँ म्यागनाइटलाई कम्पनीले ‘इन्जिनियर्ड इन जापान, इन्सपायर्ड वाई ईन्डिया’को रुपमा परिभाषित गरेको छ। नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालभरिका सबै डिलरहरु मार्फत बुकिङ खुला भएको छ । नेपाली बजारमा ‘बिग, बोल्ड, ब्युटिफुल’ र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

म्याग्नइट नेचुरली एसपिरेटेड इञ्जिन र टर्बोज्र्ड इञ्जिनमा उपलब्ध हुने छ। एसपिरेटेड इञ्जिनमा ६ वटा भेरियन्टमा उपलब्ध रहेको छ। जसमा एक्सई २९ लाख ४९ हजार,एक्सएल ३१ लाख ९९ हजार,एक्सभी मोनो ३४ लाख ९९ हजार, एक्सभी डिउल टोन ३५ लाख २९ हजार, एक्सभी प्रिमियम मोनो ३७ लाख ९९ हजार र एक्सभी प्रिमियम डिउल टोन ३८ लाख २९ हजार रूप‌ैयाँ रहेको छ। त्यसैगरी टर्बो पेट्रोलमा एक्सएल भेरियन्टको मुल्य ३६ लाख ४९ हजार रहेको छ। एक्सभी मोनो ३९ लाख ४९ हजार,एक्सभी डिउलको ३९ लाख ७९ हजार, एक्सभी प्रिमियम मोनो ४२ लाख ४९ हजार र एक्सभी प्रिमियम डिउल टोनको ४२ लाख ७९ हजार रहेको छ।

‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू रहेको कम्पनीले जनाएको छ । जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।

समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लागि पर्ने निसानको मान्यता अनुसार नै यो गाडिमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र 360०भ्यूजस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको छ।म्यागनाईटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्ययका साथ निकै गहनताका साथ डिजाईन गरिएको छ।

भारतीय बजारमा निकै राम्रो बजार लिन सफल म्याग्नाइट नेपाली अटो बजारमा समेत व्यग्र प्रतिक्षाको एसयूभी कार मानिएको छ ।

त्यसो त मूल्य र विशेषताका हिसाबले पनि म्यागनाइट बजारमा स्थापित हुने अनुमान गरिएको छ । १.० नेचुरल्ली एस्पायर्ड दुई इन्जिन अप्सनमा उपलब्ध म्यागनाइटलाई कम्पनीले न्यूनतम २९ लाख ४९ हजार रुपैयाँमै उपलब्ध गराएको छ । भने सबैभन्दा टप भेरिएन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्युअल टोनलाई ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

दुई इन्जिन अप्सनमा उपलब्ध सो एसयूभी विभिन्न ११ भेरिएन्टमा उपलब्ध रहनेछ । १.० लिटर नेचुरल्ली एस्पायर्ड इन्जिनमा ६ भेरिएन्ट र टर्बो इन्जिनमा ५ भेरिएन्ट उपलब्ध छ । १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९६ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ ।

यसको अतिरिक्त फिचर्समा नेचुरल्ली एस्पायर्ड इन्जिनमा एक्सई, एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोनमा उपलब्ध रहेको छ । १.० टर्बो इन्जिनमा एक्सएल, एक्सभी मोनो, एक्सभी ड्युअल टोन, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्युअल टोन भेरिएन्ट उपलब्ध हुनेछ ।

त्यस्तै, सबैभन्दा माथिल्लो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध रहेका छन् । भने, म्यागनाइट १.० का सबै भेरियन्टमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ । जसमा सेगमेन्ट फर्स्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी रहेको छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इन्च टीएफटी डिस्प्ले उपलब्ध गराइएको छ ।

यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ । सेफ्टि फिचर्समा म्यागनाइट १.० मा डुअल (दुई वटा) एयरव्याग उपलब्ध रहेको छ ।

सबै ग्राहकहरुले https://nissan-nepal.com/book-a-vehicleमा गएर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । निशान मोटर इंडियाका अध्यक्ष तथा दक्षिण एशिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसारनिसान म्याग्नाइटले Nissan Next को नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरूवात गर्दछ।

Make in India, Make for the World’ को दर्शनमा निर्मित, नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट-इन-सेगमेन्टका सुविधाहरूछन जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाका अनुसार नयाँ निसान म्याग्नाइटको लन्च निशानको लामो ग्राहक केन्द्रित यात्रामा एउटा अविस्मरणीय कोषे ढुङ्गाको काम गर्नेछ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ