काठमाडौं : प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सर्वोच्च अदालतले सुनाएसँगै सुरक्षा निकायले कडा सुरक्षा व्यवस्था गरेको छ। फैसलाको विरुद्धमा विरोध र पक्षमा खुसीयाली मनाउने समूहबिच झडप हुनसक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
काठमाडौं उपत्यकाभित्र विषेश सुरक्षा व्यवस्था मिलाइएको छ। ‘कतै झडप वा कुनै घटना नहोस् भनेर हामीले सुरक्षा व्यवस्था त्यहीअनुसार मिलाएका छौं,’ महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालले भने।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।
राती नै काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा अदालतको फैसलाको स्वागत गर्दै र्यालीहरु निस्किएका छन्। अदालतबाट आएको फैसालाले सुरक्षामा तुलनात्मक रुपमा कम चुनैती रहेको प्रहरी अधिकृतहरु बताउँछन्।
‘यदि निर्णय अर्को पक्षकोमा आएको भए झनैं प्रर्दशन र विरोध हुन्थ्यो। अब त्यस्तो विरोधको कार्यक्रम हुँदैन भन्ने लागेको छ,’ एक प्रहरी अधिकृतले सुनाए।
संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा दीपप्रज्वलन गरिएको छ । मंगलबार सर्वोच्चले संसद् विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएपछि फैसलाको स्वागतमा दीपप्रज्वलन गरिएको हो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते