काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले नेकपा अब एकढिक्का बनाएर लैजाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले घाइते बनाएको नेकपा अब एकढिक्का बन्ने उनले बताए ।
‘केपी ओलीले नेकपा घाइते बनाउनुभएको थियो । तर, अब हामी यता र उताको नभनी नेकपा एक ढिक्का बनाएरै लैजान्छौं’, उनले भने । घाइते नेकपाको उपचार भएको भुसालको प्रतिक्रिया छ ।
ओली समूहमा लागेका धेरै नेताहरु संसद् विघटनको विपक्षमा रहेको भुसालले बताए । ‘उहाँसँग लागेकाहरु ठूलो संख्यामा संसद् पुनर्स्थापनाकै पक्षमा हुनुहुन्थ्यो । अब छोड्न सक्नुहुन्छ’, उनले भने । नेकपालाई एकढिक्का बनाएर लैजान कहाँकहाँ, के-के गर्नुपर्ने त्यो सबै गर्ने भुसालले बताए ।
ओलीले संसद् विघटन गरेपछि भुसालले मन्त्री पद छोडेका थिए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते