नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन्।
मंगलबार साँझ ट्वीट गर्दै देउवाले सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पूरा गरेको बताए। उनले आफूले सुरूदेखि नै सर्वोच्च अदालतलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको बताए।
‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिएँ। सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद पुनर्स्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ,’ देउवाले लेखेका छन्,‘संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरू समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो। सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ। यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। जय नेपाल।’
यसअघि देउवाले प्रचण्ड-नेपाल र ओली समूहले निर्वाचनको तयारी गरिसकेका कांग्रेसका नेता कार्यकर्तालाई पनि चुनावको तयारी गर्न भन्ने गरेका थिए।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने