प्रधानमन्त्रीले आत्मालोचना गर्दै राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्रीले आत्मालोचना गर्दै राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

narayankaji

नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेर देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङमा जानबाट जोगाएको बताएका छन् ।

‘सर्वोच्च अदालतले संविधानसंगत ढंगले ऐतिहासिक निर्णय गरेको छ । संविधान र लोकतन्त्रको रक्षा गर्ने काम भएको छ,’ श्रेष्ठले भने,‘देशलाई प्रतिगमन र राजनीतिक संकटको अध्यारो सुरुङतर्फ जानबाट बचाएको छ । त्यसकारण यो नेपाली जनता, संविधान, लोकतन्त्रको जित हो । हामी सबैको निम्ति यो खुशीको कुरा हो ।’

श्रेष्ठले प्रधानमन्त्रीले केपी ओलीले आत्मालोचना गर्दै राजीनामा दिनुपर्ने बताए । ‘प्रतिनिधिसभाको बैठकको मिति नै निश्चित भएको सन्दर्भमा संसदीय प्रक्रियाबाट नै अगाडि बढ्छौं । किनभने संविधान कार्यान्वयन र लोकतन्त्रको अभ्यासको प्रक्रिया अगाडि बढ्ने भएपछि सबै कुरा त्यसै अनुसार अगाढि बढ्छौं । तर असंवैधानिक र प्रतिगामी कदम र राजनीतिक संकट उत्पन्न गर्ने कार्यका निम्ति प्रधानमन्त्रीले आत्मालोचना गर्दै राजीनामा दिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ