नेपालमा थप ११० जनामा कोरोना संक्रमण, ४ को मृत्यु

नेपालमा थप ११० जनामा कोरोना संक्रमण, ४ को मृत्यु

death body corona

नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७० हजार ६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६५ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ