संसद् पुनःस्थापना भए आकाश खस्छ ? पृथ्वी भासिन्छ ?

संसद् पुनःस्थापना भए आकाश खस्छ ? पृथ्वी भासिन्छ ?

Top Bahadur Rayamajhi

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद् ‘९९.९ प्रतिशत पुनःस्थापना हुने सम्भावना नभएको’ जिकिर गरेका छन् । मंगलबार राजधानीमा युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले संसद् विघटन अग्रगामी र प्रगतिशील कदम भएको पनि दाबी गरे ।

मन्त्री रायमाझीले संसद् पुनःस्थापनाको कुरा गरेर जनतामा विश्वास नगर्नु यथास्थितिवादी, प्रतिगामी चिन्तन भएको बताए । ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले जनताप्रति विश्वास नभएर नेपाली कांग्रेस ढुलमुल भइरहेको आरोप लगाए ।

‘‘यदि, संसद् पुनःस्थापना भए पनि आकाश खस्छ, पृथ्वी भासिन्छ ?,’’ उनले भने ।

मन्त्री रायमाझीले प्रचण्ड–नेपाल नसच्चिए अब प्रधानमन्त्री नै नबन्ने दाबी गरे । संसद् पुनःस्थापना भए पनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने जिकिर गरे । आफूहरुले ओलीलाई फेरि पनि प्रधानमन्त्री बनाउने माहोल बनाउने उनको भनाइ थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ