प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदम सच्याएर संसद पुनर्स्थापना गर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुलाई विश्वास रहेको बताए।
जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट निर्मित संसवधानको बलमा निर्वाचन आयोग, सर्वोच्च अदालत लगायतका संवैधानिक निकायहरुले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन् भन्ने हाम्रो पूरा विश्वास छ’, अध्यक्ष प्रचण्डले भने, ‘अदलतमा बहस सकियो, आजबाट हेर्दाहेर्दैका छ। कुनै पनि बेला अदालतबाट संविधान मिच्ने र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिन्छ र संसद पुनर्स्थापना हुन्छ भन्ने हामीलाई पूरै विश्वास छ।’
उनले संविधान गतिशील र जीवित दस्तावेज भएका कारण देश जनता र राष्ट्रको आवश्यकता अनुसार परिमार्जन गर्न सकिने बताए।
‘म प्रधानमन्त्री भएको बेलामा दुई पटक सदनमा दर्ता गराएको थिए’, अध्यक्ष प्रचण्डले भने, ‘जनताको आवश्यकता अनुसार संविधान संशोधन जान सकिन्छ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने