दुईवटा सुमो आपसमा ठोक्किदा ११ जना घाइते

दुईवटा सुमो आपसमा ठोक्किदा ११ जना घाइते

accident

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान करिब ८ बजेको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ दुईवटा सुमो एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बरको यात्रुबाहक सुमो र विपरित दिशाबाट आउँदै गरेको ना१ज २४६० नम्बरको सुमो एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ११ जना सामान्य घाइते भएको र उनीहरुको हेटौंडाको सञ्चो अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ