बालुवाटारमा सुरक्षा परिषद् बैठक, त्यसपछि मन्त्रिपरिषद् बैठक बस्दै

बालुवाटारमा सुरक्षा परिषद् बैठक, त्यसपछि मन्त्रिपरिषद् बैठक बस्दै

Mantriparisad

। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बिहान १० बजेका लागि बैठक बोलाइएकोमा त्यसअघि सुरक्षा परिषद्‍को बैठक बस्ने भएको छ । सुरक्षा परिषद् बैठक शुरू हुन लागेको बालुवाटार स्रोतले जनाएको छ ।

सुरक्षा परिषद्को बैठक र मन्त्रिपरिषद् बैठक सँगै बोलाइएकोले पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न निर्वाचनको सुरक्षासम्मका केही छलफल हुने बताइएको छ ।

सहज वातावरण बनेमा वार्ताको लागि सकारात्मक रहेको विप्लवको धारणा आइसकेको अवस्थामा आज सुरक्षा परिषद् र मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा हुनसक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उहाँहरू शान्तिपूर्ण ढंगले आउँन चाहँदा सरकारले सकारात्मकरूपमा लिएको र यसका लागि सहज वातावरण बनाउन सरकार तयार रहेको बताएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ