लाइसेन्स नभएपछि चेकिङ छल्न भाग्दै गर्दा सिर्जना राईको मृत्यु !

लाइसेन्स नभएपछि चेकिङ छल्न भाग्दै गर्दा सिर्जना राईको मृत्यु !

scoty accident

लाईसेन्स साथमा नभएपछि ट्राफिक प्रहरीको जरिवाना कारवाहीबाट बच्न भाग्दै गर्दा उदयपुर घर भएकी सिर्जना राईले ज्यान गुमाएकी छन् ।

ललितपुरको जावलाखेलमा सोमबार दिउँसो ट्राफिक प्रहरीको आकस्मिक चेकिङ छल्न भाग्दै गरेकी सिर्जनाको प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरबाट दुर्घटना भई मृत्यु भएको हो ।

चेकजाँच भइरहेको देखेपछि आफूसँग लाईसेन्स नभएकी सिर्जना ट्राफिकको आँखा छलेर भाग्न खोजेकी थिईन् । तर, चेकिङको क्रममा ड्युटीमा खटिएका प्रहरीले पछाडिबाट स्कुटर तानेर रोक्ने कोशिस गर्दा स्कुटर अनियन्त्रीत भई लडेको प्रत्यक्षदर्शी रमेश थापाले बताए । उदयपुर स्थायी घर भएकी २३ वर्षीया सिर्जना काठमाडौंको नखिपोट बस्दै आएकी थिईन् ।

ट्राफिक प्रहरीले जवरजस्ती स्कुटर पछाडीबाट तानेर अयिन्त्रत भई लडेकी सिर्जनालाई बा २ ख ३५७४ नम्बरको बसको चक्काले कुल्चेको थियो ।

घटनालगतै उद्दार गरी अल्का अस्पताल पु¥याएलगतै ज्यान गएको महानगरीय प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्रचार्यको भनाई छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ