कास्कीको अन्नपूर्णमा दुई युवकले निर्घात कुटपिट गर्दा गोरे नेपाली घाइते, मणिपालमा उपचार हुँदै

कास्कीको अन्नपूर्णमा दुई युवकले निर्घात कुटपिट गर्दा गोरे नेपाली घाइते, मणिपालमा उपचार हुँदै

पोखरा । दुई जना युवकले मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा एक व्यक्ति गम्भिर घाइते भएका छन् ।

युवकहरुको कुटाइबाट कास्कीको अन्नपूर्ण गाउँपालिका ८ कुटुम निवासी ५६ वर्षीय गोरे नेपाली गम्भिर घाइते भएका हुन् । उनको पोखरास्थित मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गोरेलाई आक्रमण गरी गम्भिर घाइते बनाएको आरोपमा अन्नपूर्ण ८ का २४ वर्षीय हरि नेपाली र २८ वर्षीय रवि नेपालीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

कुटपिटमा सम्लग्न दुबै युवालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान गरिरहेको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds