हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो।
आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका–४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापाको हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए।
जिल्ला अस्तपालका सिनियर अनमी सरिता बोहराका अनुसार व्यथा लागेपछि सर्केगार्ड स्वास्थ्यचौकीमा लिइए पनि स्वास्थ्यकर्मीले जिल्ला अस्पताल बाहिर पठाउँदा बाटामा ल्याउँदै गर्दा झन् व्यथाले च्यापेपछि उनलाई हेलिकप्टरबाट उद्वार गरिएको हो। सुत्केरी व्यथा लागेर बाटोमा ल्याइँदै गरेकी महिलालाई घरबाट ल्याइएको लामो समयपछि खार्पुनाथ गाउँपालिकाबाट उद्वार गरिएको प्रकाश बुढाले बताए।
स्टेचरमा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटामा पेट पनि दुख्न थालेपछि जिल्लामा खबर गरेर हेलिकप्टरको व्यवस्था भएको उनले बताए। खार्पुनाथ–१ देउखुरी हेलिप्याडबाट सुर्खेतमा उद्धार गरिएको अनमी बोहराले बताए।
आइतबार व्यथाले थलिएकी थापालाई अस्पताल भर्ना गरेर उपचार शुरु भएको छ। थापाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको र त्यसको खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट व्यहोरिने प्रजिअ गिरीले बताए। सुत्केरी व्यथा लागेर थला परेका गर्भवतीको उद्धारका लागि हवाई उद्धार प्रभावकारी बन्दै आएको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते