भागरथी भट्टको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टमाथि थप अनुसन्धानका लागि अझै ५ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत बैतडीले सोमबार अनुसन्धानका लागि थप ५ दिनको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
यसअघि गत बुधबार सार्वजनिक गरिएका १६ वर्षीय दिनेशमाथि अनुसन्धानका लागि अदालतले ५ दिनको लागि अनुमति दिएको थियो । उक्त म्यादमा अनुसन्धानको क्रम नसकिएकोले थप ५ दिनको लागि अनुमति लिइएको हो ।
बुधबार नै भागरथीका दाजु शंकर भट्टले दिनेशकाविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा किटानी जाहेरी दिनुभएको थियो । कुनै पनि अपराधमा संलग्न रहेको आरोप लागेका बालबालिकाको हकमा २१ दिनसम्म थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीको अनुसन्धानले घटनामा दिनेशको संलग्नता रहेको बिवरण गत बुधबार सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेश भागरथीकै गाउँका हुन् । उनी नातामा दिदीभाइ पर्ने हुन् ।
सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म हत्या मात्रै गरेको बताए पनि बिहीबार सरकारी वकिल समक्ष दिनेशका बुवा समेत राखेर लिइएको बयानमा बलात्कारसमेत गरेको स्वीकारेका थिए ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते