घुससहित सशस्त्र प्रहरी बल महोत्तरीका सशस्त्र प्रहरी वरिष्ठ हवलदार सरबन कुमार बस्नेत पक्राउ परेका छन् ।
१५ हजार घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले सुरक्षा वेश रामनगर, गौशालामा कार्यरत वरिष्ठ हवलदार बस्नेतलाई पक्राउ गरेको हो ।
बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस रकम लिएको आयोगले जनाएको छ ।
अनुसन्धानको सिलसिलामा हवल्दार बस्नेतले घुस रकम लिएको पुष्टि भएको भन्दै आयोगले आज उनीविरुद्ध विशेष अदालत, काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते