शरीरमा लाग्ने विभिन्न रोगहरु मध्ये टाउको दुखाई पनि एक हो । व्यस्त जीवनशैलीसँगै, सामाजिक, आर्थिक अवस्थाका कारण मानिसको स्वास्थ्यमा परेको प्रतिकुल प्रभावले टाउको दुख्ने समस्या बढ्दै गएको छ । टाउको विभिन्न कारणले दुख्ने गर्दछ । कसैलाई हल्का, कसैलाई चर्को, कसैलाई आधा, र कसैलाई पुरै दुख्ने हुन्छ । टाउको दुख्नु आम समस्या जस्तै भएको छ ।
घाममा हिड्दा वा काम गर्दा र पानीको मात्रा कमी हुँदा साथै कहिलेकाही ज्वरो आउँदा तनावका कारण अत्याधिक औंषधी, आँखाको समस्या भएमा, उच्च रक्तचापका कारण पनि टाउको दुख्ने गर्छ । टाउको दुख्नु एउटा लक्षण हो , रोग होइन । टाउको दुखाइ विभिन्न कारणले हुने हुनाले आफुखुसी औंषधी खानु भन्दा पनि चिकित्सको परामर्श अनुसार खानु राम्रो हुन्छ ।
टाउको दुखाई कम गर्ने यस्ता छन् घरेलु उपायहरू :
प्रशस्त मात्रामा पानी पिउने
मानिसहरुमा धेरैजसो शारीरक समस्या तथा डरलाग्दा रोगहरुको कारण पानीको सेवन थोरै मात्रामा हुनु हो । त्यसैले यदि टाउको दुखिरहेको छ भने १ देखि २ गिलास पानी पिउनाले पनि टाउको दुखाई कम हुन्छ ।
ल्वाङ
ल्वाङमा दुखाई कम गर्ने तत्व पाइन्छ । त्यसैले ल्वांगलाई स–साना टुक्रा बनाउँने र ती टुक्रालाई सफा कपडामा बाँध्ने र केहिबेर सुघ्ने । यसो गर्नाले पनि टाउको दुखाई कम हुन्छ ।
गेडागुडी
हाम्रो शरीरमा ९म्याग्रेसियम० को मात्रा कमी भयो भने मस्तिष्कमा रगतको चाप कम हुने तथा रगतमा सुगरको मात्रा कम हुन्छ ,जसले गर्दा टाउको दुख्ने समस्या हुन्छ । त्यसैले गेडागुडीमा म्याग्रसियम खनिज पदार्थ धेरै मात्रामा पाइन्छ । जसले शरीरका माशंपेसीहरुलाई आराम प्रदान गर्दछ । साथै टाउको दुखाई पनि कम हुन्छ ।
अदुवा
अदुवाको रस र कागतीको रसलाई मिलाएर खानाले पनि टाउको दुखाई कम हुन्छ । साथै अदुवालाई पानीमा उमालेर खानाले पनि टाउको दुखाई कम गर्छ ।
जीरा
एक गिलास पानीमा एक चम्चा जीरा मिसाएर पिउनाले रक्तसञ्चार राम्रो हुन्छ र टाउको दुख्न कम हुन्छ ।
लसुन
५-७ वटा लसुनको पोटीलाई आधा गिलास पानी उमालेर पिउनाले तनाव हट्छ र टाउको दुख्नमा राहत मिल्छ ।
यसका साथै हिड्दा, बस्दा, उभिदा, सुत्दा जहिले पनि ढाड सिधा राख्ने र निहुराएर नबस्ने ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु