१५ वर्ष कान्छो युवकसँग लिभिङ टुगेदरमा बसेकी महिला होटलमा मृत भेटिइन्

१५ वर्ष कान्छो युवकसँग लिभिङ टुगेदरमा बसेकी महिला होटलमा मृत भेटिइन्

death-body

धनुषामा शनिबार साँझ एक होटलमा झुन्डिएको अवस्था महिला फेला परेकी थिइन् । नमस्कार होटलको कोठा नं. ११३ मा झुण्डिएको अवस्थामा फेला परेकी ३५ वर्षकी उनी झापाकी रहेको खुलेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन् ।

उनले नाता सम्बन्ध कायम गराउन जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएकी खुलेको छ। मृत फेला परेकी महिलाले निवेदनमा आफ्नो नाम समीक्षा पोखरेल पाण्डे लेखेकी छन्।

उनी पहिलाको श्रीमानलाई छोडेर एक जना युवकसँग लिभिङ टुगेदरमा बसिरहेकी थिइन्। लिभिङ टुगेदरमा बसेको युवकसँग विवाह भएकाले नाता कायम गराउने उनले निवेदन दिएको प्रहरी उपरीक्षक रानाभाटले बताए।

आफूभन्दा झन्डै १५ वर्ष कान्छा जनकपुरकै केटासँग लिभिङ टुगेदरमा थिइन् । प्रहरी कार्यालयमा नाता सम्बन्ध कायम गरी पाउँ भनी निवेदन दिएकी थिइन्। उनको निवेदन पछि प्रहरीले युवकलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थिति हुन् पुर्जी जारी गरेका थियो।

तर निवेदन दिने महिला नै हिजो मृत अवस्थामा फेला परेकी परेको रानाभाटले बताएका छन् घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ