देउवालाई पौडेलको जवाफ: ‘जुलुस पैसाले गर्ने होइन, नेतृत्वको निर्णयले हो’

देउवालाई पौडेलको जवाफ: ‘जुलुस पैसाले गर्ने होइन, नेतृत्वको निर्णयले हो’

Ramchandra Paudel

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन गर्न पैसाभन्दा पनि पार्टी निर्णय र नेतृत्व महत्वपूर्ण हुने बताएका छन्। केही दिनअघि सभापति शेरबहादुर देउवाले पोखरामा आयोजित कार्यक्रममा जुलुस गर्न पैसा चाहिने र कांग्रेससँग पैसा नभएको बताएका थिए।

त्यसतर्फ लक्षित गर्दै सुनसरीमा आज पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा पौडेलले भने, ‘पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शनरु यो त त्यसै हुन्छ। पार्टीको संकल्प र निर्णयले हुन्छ, पैसाले गर्ने होइन।’

उनले पार्टी निर्णयबाट आन्दोलन गर्ने हो पनि भनेका छन्। ‘पार्टीले आह्वान गर्ने हो। कार्यकर्ता र जनता जम्मा हुन्छन्। लोकतन्त्रको लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन्। निर्णय र नेतृत्व मात्रै पार्टीले गर्ने हो।’

देउवाले विरोध प्रदर्शनमा क्रियाशील सदस्य नै नआउने गुनासो गरेका थिए। ‘क्रियाशील सदस्यता लिन मारामार गर्छन् तर विरोध प्रदर्शनमा क्रियाशील सदस्य नै आउँदैनन्। हामीसँग पैसा छैन कसरी आन्दोलन गर्ने ?,’ देउवाको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ