लिभरपुलको लगातार चौथो हार, एभर्टनको ऐतिहासिक जित

लिभरपुलको लगातार चौथो हार, एभर्टनको ऐतिहासिक जित

everton

साविक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ । शनिबार राति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० ले हारेको हो ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन रिचार्लिसन र गिल्फ सिगुर्डसनले एकरएक गोल गरे ।

खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा सिगुर्डसनले पेनाल्टीमा गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

लिभरपुल २५ खेलबाट ४० अंकसहित छैटौं स्थानमा छ । एक खेल कम खेलेको एभर्टन ४० अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ