प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैनः प्रधानमन्त्री ओली

प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैनः प्रधानमन्त्री ओली

kp-sharma-oli-pm

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आज गरिरहेको शक्ति प्रदर्शनमा ‘जनता जागरित भएर आएको दावी गरेका छन्। लाखौं संख्यामा मानिसहरु आमसभामा उपस्थित भएको दावी गर्दै उनले मानिसको उपस्थिति हेर्न प्रचण्ड-नेपाल समूहका नेतालाई चुनौती पनि दिए।

आयोजित नेकपा ओली समूहको जनसभालाई सम्बोधन गर्दै उनले प्रचण्डले विगतमा वैद्य र डाक्टरको लिएको र उनीहरुले छाडेपछि अहिले झाँक्रीको साथ लिएको भन्दै कटाक्ष गरे ।

विगतमा प्रचण्डको सारथीको रुपमा मोहन वैद्य र डा बाबुराम भट्टराई रहेका थिए भने उनीहरुहले प्रचण्डको साथ छाडेर बाटो लागेको सन्दर्भमा अहिले रामकुमारी झाँक्रीहरुलाई लिएर अघि बढेको ओलीको कटाक्ष थियो ।

उनले भने, ‘उहाँ (प्रचण्ड) लाई वैद्यले छाडे, त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ । अब झाँक्रीले बचाउन सक्नु हुन्न उहाँलाई, नेपालको राजनीतिमा बचाउन सम्भव छैन, सिध्धिसकेको प्रचण्डलाई मैले ठूलो राखिदिएको थिएँ तर उहाँमा अंहाकार चढेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ