विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटग्रस्त बनेपछि सुस्ताएको एपीएफ र आर्मीबीचको खेल प्रतिस्पर्धात्मक थियो ।
पहिलो हाफको अन्तिम मिनेटमा सरु लिम्बुले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरी टोलीलाई अग्रता दिलाएकी थिएन् । दोस्रो हाफको सुरुआती समयमा आर्मीले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । उसले गोलका केहि अवसर खेर फालेको थियो ।
८६ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो । अन्जली योन्जनको क्रस प्रहारमा गोलरक्षक अगाडि बढेको मौका उठाउँदै अनिताको हेडर गोलमा परिणत भएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा सरुले आर्मीकी गोलरक्षक अघि बढेको बेला गोल गर्दै ३-० को जित दिलाइन् ।
पहिलो लेगमा एपीएफले आर्मीलाई २–० ले पराजित गरेको थियो । सात टोली सम्मिलित लिगमा एपीएफले १२ खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा ७७ गोल गर्दा १ गोलमात्र खाएको छ ।
त्यसक्रममा उसले उदयपुरको चौदण्डीगढी नगरपालिकाबिरुद्ध सर्बाधिक २२–० गोलको जित निकालेको थियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने