गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २००७ सालको क्रान्तिको प्रतिफल स्वरुप प्राप्त प्रजातन्त्रकै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म आइपुगेको बताए छ ।
७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज प्रकाशित शुभकामना सन्देशमा उहाँले १०४ वर्षीय जहानीयाँ निरङ्कुश राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण अग्रजप्रति उच्च सम्मान प्रकट गरे हो ।
मुख्यमन्त्री गुरुङले शुभकामना सन्देशमा भनेका छन्, “संविधानको मर्म र भावनाअनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गराउँदै सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सक्दा नै प्रजातन्त्र दिवसको अर्थपूर्ण स्मरण हुनेछ ।”
यो ऐतिहासिक दिनले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत आम नेपाली दिदीबहिनी तथा दाजुभाइलाई एकजुट भएर लाग्न उच्च प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताउँदै सन्देशमा उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरे ।
सम्बन्धित खबर
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन