रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। मन्थली नगरपालिका ५ मच्छेडाँडीस्थित सडकमा बा ५ ख २८५७ नम्बरको बस ब्रेक फेल भई सडकमा पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका छन् ।
सेतीदेवी माध्यमिक विद्यालय सालुबाट मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि विद्यार्थीहरु लिई मन्थलीतर्फ आउँदै गरेको उक्त बस दुर्घटना हुँदा सवार १७ जना विद्यार्थीहरु र १ जना सहचालक गरी १८ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारको लागि तामाकोसी अस्पताल मन्थलीतर्फ पठाइएकोमा थप उपचारको लागि ५ जनालाई काठमाडौंतर्फ पठाइएको हो ।
दुर्घटना स्थलमा तत्काल खटिएको प्रहरीले घाइतेहरूको उद्वार गरेको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम