प्रदेश २ का प्रदेश प्रमुख परियारलाई राष्ट्रपतिले गरिन् पदमुक्त

प्रदेश २ का प्रदेश प्रमुख परियारलाई राष्ट्रपतिले गरिन् पदमुक्त

pad mukta

प्रदेश २ का प्रदेश प्रमुखलाई तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ ९१० को खण्ड (ख)बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको उक्त धारामा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ। १६५ को (ख)मा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिलाई पदमुक्त गरेमा पद रिक्त हुने अवस्था छ।परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन्। २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए।

बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द ुविप्लवु को समूहमा थिए। पछि उनी फेरि माओवादीमा फर्किएका थिए।परियार २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए। उनलाई नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds