अमेरिकामा सुतेकै अवस्थामा नेपाली विद्यार्थी भट्टराईको मृत्यु

अमेरिकामा सुतेकै अवस्थामा नेपाली विद्यार्थी भट्टराईको मृत्यु

death america

टेक्सास– अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई मृत फेला परेका छन् । उनी कोठामा मृत अवस्थामा फेला परेका हुन् । सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् ।

पोस्टमार्टमको रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण खुल्न सकेको छैन । रिपोर्ट आएपछि उनको शव नेपाल पठाउने तयारी गरिएको छ ।

उनको दाहसंस्कारका लागि झापाली सोसाइटी टेक्सासका तर्फबाट आर्थिक संकलन अभियान शुरू गरिएको छ । ५ वर्षअघि अमेरिका गएका झापा बुधबारेका भट्टराई कम्प्युटर साइन्सका विद्यार्थी थिए । उनी अध्ययनसँगै काम पनि गरिरहेका थिए । टेक्सासमा नेपाली विद्यार्थीहरुको बाक्लो बसोबास छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ