सरकारले लोकतन्त्रको बाटो बिराउँदैन: प्रधानमन्त्री

सरकारले लोकतन्त्रको बाटो बिराउँदैन: प्रधानमन्त्री

kp-sharma-oli-pm

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लोकतन्त्रको बाटो नबिराउने बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले लोकतन्त्रको बाटो नबिराउने तथा अभिमत विपरीत नजाने बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अर्को वर्षसम्म नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा प्रवेश गर्नेसमेत बताएका छन् ।

देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा समेत जोड दिए ।

कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उनले सानातिना मतभेदलाई चुनावमा गएर ताजा जनमत लिएर आउनुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ