नेपाली काँग्रेसका दुई मूल नेतृत्व आज पोखरामा आए । नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबार उद्घाटन गर्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा आएका हुन् । कार्यक्रममा दुवै नेताहरु घोचपेचमै उत्रिए ।
अहिले नेकपा विभाजित छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरिदिएपछि प्रचण्ड, माधव, झलनाथ सडकमा छन् र संसद पुनस्र्थापनाका लागि आन्दोलित छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केपी ओलीप्रति नरम छन् । नेकपाको दुवै खेमाबाट प्रधानमन्त्री अफर आएपछि चुनावमा होमिदाँ शक्तिशाली बनिने, फेरि पार्टी सभापति हुने लोभले देउवा नरम बन्न पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने काँग्रेसले आफ्नो सिद्धान्त अनुसार लोकतन्त्र मास्ने कदमको खुलेर बिरोध गर्ने भनेको छ । देउवा अदालतलाई देखाउँदै ओलीप्रति नरम छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुले ठूलो जुलुस ल्याउन नसक्ने र त्यसका लागि पैसा पनि नभएको बताए । देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक भए पनि जुलुस निकाल्न सक्ने अवस्था नभएको बताएका हुन् । उनको भनाइ थियो, ‘जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’ देउवाले भने, ‘कि त प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको हुन्छ । हाम्रो त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो ।’
कांग्रेसमा क्रियाशील सदस्यलाई अनिवार्य बोलाए पनि जुलुसमा नआउने उनले बताए । ‘क्रियाशील लिनेबेला मारामार हुन्छ । चुनावमा क्रियाशील सबैलाई चाहिन्छ तर मिटिङमा कहिल्यै आउँदैनन्’, उनले भने, ‘जुलुसमा झन् के आउँथे ।’ अहिलेको बेला अदालतलाई निर्णय गर्न दिने तर यसो गर उसो गर नभनौं र भन्न पनि पाइँदैन भन्दै उनले अदालतले संसद् पुन:स्थापना गरे पनि स्वीकार्ने र चुनाव भने पनि चुनावमा जाने प्रस्ट पारे । ‘अदालतको निर्णय मान्छौं । अदालतलाई नमाने कसलाई मान्ने’ उनले भने ।
प्रधानमन्त्री केपी ओलीले हठात् संसद् विघटन गरेर देशमा धेरै ठूलो ध्रुवीकरण गरेको देउवाको भनाइ थियो । देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक र अर्कोतिर अदालतमा रहेको मुद्दामा केन्द्रित रहेर संसद् पुन:स्थापना या चुनाव हुनुपर्ने भन्ने चार कुरामा देशभरी पक्ष विपक्ष देखिएको बताए ।
कांग्रेस पार्टीको बैठकमा पनि यस विषयमा छलफल भइरहेको उनले बताए । ‘पार्टीभित्र कोही संसद् पुन:स्थापना भन्नुहुन्छ त कोही चुनाव हुँदा फाइदा हुन्छ भनेर बाँडिएका छन्’, उनले भने, ‘तर म भन्छु, अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । बरु राम्रो वकिल राख्न पाइन्छ । वकिल राखेर बहस गराउने हो ।’
देउवालाई रामचन्द्रको प्रश्न : जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिए । पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए ।
नेता पौडेलले भने, ‘त्यही कर्तव्यलाई बुझेर कांग्रेससका देशभर र्याली गर्नु भएको छ, सभा गर्नु भएको छ । लोकतन्त्रको रक्षाका लागि विरोधमा उत्रिनु भएको छ ।’ सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै उनले भने, ‘अनि यो पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने ? जे मन लाग्यो त्यही बोलेर हिँड्ने ?’
उनीभन्दा अगाडि बोलेका देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर आन्दोलन नगर्ने, तर पुनस्थार्पना वा चुनाव जे फैसला गर्छ स्वीकार गर्ने बताएका थिए । वरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेको बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गरेका छन् । ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले किन नभन्ने ?’
संविधान र लोकतन्त्र बच्यो भने मात्र चुनावको अर्थ हुने भन्दै उनले उनले भने, ‘किन चुनाव चुनाव भन्ने ? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो ।’
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने