पोखरा । ‘गालामा दाह्री, काँधमा जिम्मेवारी’ उद्घोषका साथ दाह्री सौखिन युवाहरु संगठित भएर अघि बढेको आज ५ वर्ष पूरा भएको छ । २०७२ फागुन ६ गते आजकै दिन काठमाण्डौबाट दाह्रीप्रति सौख भएका युवाहरु मिलेर फेसबुकमा ‘दाह्री ग्याङ’ समूह स्थापना गरेका थिए । अहिले मुलुकका विभिन्न जिल्ला तथा मूख्य शहरहरु मात्र नभई विदेशमा समेत दाह्री ग्याङ समूहमा युवाहरु आबद्ध भइसकेका छन् ।

वार्षिकोत्सवका अवसरमा सबैले आफ्ना ठाउँहरुमा विभिन्न कार्यक्रमहरु गरेका छन् । राजधानी बाहिर पहिलोपल्ट एकीकृत भएका पोखराका मेम्बरहरुले ५ औं वार्षिकोत्सवमा ५ ठाउँमा राष्ट्रिय झण्डा फहराए र बेलुकी एक ठाउँ जमघट भई केक काटेर खुशीयाली मनाए । र, दिनभरीको थकान बिर्सिए ।

सामाजिक कार्यमा निरन्तर लागिरहेका विभिन्न पेशामा आबद्ध यी युवाहरुले आज पोखराको अमरसिंह चोक (पृथ्वीराजमार्ग नाका), बिरौटा चोक (स्याङ्जा–पोखरा नाका), हरिचोक (बागलुङ–पोखरा नाका), महेन्द्रपुल (पोखराको मूख्य चोक) र पृथ्वीनारायण क्याम्पस अगाडि नेपालको झण्डा फहराएको हो ।

दाह्री ग्याङ पोखराका संयोजक अभिमन्यु पाण्डे (विक्रम) ले पोखरा महानगरपालिकाको अनुमतिमा मूख्य चोकहरुमा राष्ट्रिय झण्डा राखिएको बताउँदै महानगरपालिकाले लामो समयसम्म पनि नहटाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

संस्थापक संयोजक शेखर गौतमले भातृत्व र सामाजिक सेवाभावका साथ अघि बढिरहेको ग्याङले राष्ट्रियभावका साथ सबै नेपाली एक हौं, दुःखसुखमा साथ छौं भन्ने सन्देशका साथ कार्यक्रम गरिएको बताए ।

निवर्तमान संयोजक बसन्त पहारीले कोरोनाको महामारीपछि सुस्ताएको पर्यटकीय क्षेत्र पोखरामा राष्ट्रिय झण्डा फहराएर स्वागत गर्न आज राष्ट्रिय झण्डा राखिएको बताए ।

दाह्री पालेका युवाहरु डरलाग्दो होइन, छैन भन्ने प्रमाणित गर्न सामाजिक सेवाभावका साथ विद्यालयमा सेतोपाटी वितरण, बिरामीहरुलाई उपचार खर्च उपलब्ध, सडकमा जेव्रा क्रसिङका रचनात्मक कार्य, पोखराका सडकहरुमा डस्टबिन, रक्तदान लगायतका कार्यहरु गर्दै आइरहेको छ ।


दाह्री पालेका युवाहरुप्रति समाजमा रहेको भ्रम चिर्नका लागि समाजको रुपान्तरणका सक्दो भूमिका निर्वाह गर्दै आइरहेको उनीहरुको भनाई छ ।
धनगढीमा बहिरा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
दाह्री ग्याङ धनगढीले पाँचौ बार्षिकोत्सवको अवसरमा बिहिबार धनगढीको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।
दारी ग्याङ कोरियाको सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ बेलामा रहेको दक्षिणकाली बहिरा आवासीय आधारभुत विद्यालयका ७५ जना विद्यार्थीहरुलाई कापी, कलम, लगायत शैक्षिक सामाग्रीहरु वितरण गरेको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए । विद्यालयमा बोल्न नसक्ने, श्रवण शक्ति नभएका विद्यार्थीहरु अध्ययनरत छन् ।

रुपन्देहीमा अनाथ आश्रममा सहयोग
दाह्री ग्याङ रुपन्देहीले कोटिहवामा रहेको नेपाल अविनाश अनाथ आश्रममा सहयोग हस्तान्तरण गरेको छ । अनाथ आश्रमका बालबालिकाहरूका लागि दारी ग्याङको लोगो अंकित कापी, कलम लगायतका शैक्षिक सामाग्री र खेलकुदका सामाग्री प्रदान गरेको छ ।

विभिन्न सामाजिक कार्य गर्दै आएको सो दारी ग्याङले जाजारकोटकी कल्पना रोकाहा बचाऊ अभियान, कैलालीका अपाङ्गता भएका विष्णु रसाइलीको घर निर्माणमा सहयोग, दमकडा मावि पाल्पाका दृष्टिविहिन विद्यार्थीका लागि सहयोग, धुर्मुस सुन्तली फाउन्डेसनमा सहयोग गरेको जनाएको छ ।
त्यस्तै, ट्राफिक सचेतना कार्यक्रम, लकडाउनको समयमा ट्राफिक प्रहरीको लागि सहयोग कार्यक्रम, सडक दुर्घटना न्यूनिकरणका लागि छाडा पशु चौपायाहरूलाई रिफ्लेक्टिङ बेल्टलगायतका कार्यक्रम गरिएको जनाएको छ । दाह्री ग्याङ रूपन्देही र दाह्री ग्याङ कतारको संयुक्त आयोजनामा कार्यक्रम गरिएको ग्याङका रूपन्देही अध्यक्ष गणेश पन्थले जानकारी दिएका छन्
झापामा रक्तदान कार्यक्रम
यसैगरी दाह्री ग्याङ झापाले पाँचौ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४२ पुरुष र १ महिला गरी ४३ जनाले रक्तदान गरे ।

काठमाण्डौमा ‘इन्टरनेट सेफ्टी अवेयरनेश’ कार्यक्रम
दाह्री ग्याङ समूहले मूख्य शहर काठमाण्डौमा इन्टरनेट सेफ्टी अवेयरनेश कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौंडामा विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान
वार्षिकोत्सवको अवसरमा दाह्री ग्याङ हेटौंडाले मकवानपुरगढी वडा नं. ६ मा रहेको ईश्वरी आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरेको छ ।

वडा अध्यक्ष टीका प्रसाद दाहालको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार बद्री दाहालको विशेष आतिथ्यता र व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हेटौंडाका सदस्य सतिश अधिकारीले बताए ।स्थानिय सिर्जनशील इन्टरप्राइजेज, काठमाण्डौका सदस्य किरण जंग कार्की लगायतले यस कार्यमा सहयोग गरेका थिए ।
सप्तरी फत्तेपुरमा लागुऔषध र साइबर क्राइमबारे सचेतना
यस्तै, दाह्री ग्याङको पाँचौ बार्षिकोत्सवको अवसरमा सप्तरीमा दारी ग्याङ, फत्तेपुरले फत्तेपुर स्थानिय राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यसन तथा साइबर क्राइमबारे सचेतामूलक कार्यक्रम गरिएको सन्तोष कटवालले जानकारी दिए ।

फत्तेपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक घनश्याम पोखरेलले लागु औषध दुव्र्यसन र साइबर क्राइमका बारेमा विद्यार्थीहरुलाई यसको असर र सजाय सम्बन्धमा सहजीकरण गरेका थिए ।
नवलपरासीमा मिर्गौला पीडितलाई सहयोग र सरसफाई
दाह्री ग्याङको पाचौं वार्षिकोत्सबको अवसरमा नवलपरासीका मेम्बरहरुले पश्चिम नवलपरासी बर्दघाट – २ निवासी मिर्गौला पीडित ३८ वर्षीया पार्वती पाण्डेको मिर्गौला ट्रान्सप्लान्टको लागि संकलित रकम हस्तान्तरण गर्नुका साथै सुनवल – ५ बनकट्टी स्थित सहिद बिष्णु पाण्डे स्मृति भवनमा सरसफार्इ गरिएको छ ।

दोहोरो धर्मः ‘मन्दिरमा पूजाआराधाना, गेटमा रक्तदान’ (फोटो फिचर)
पोखराका दाह्री युवाहरुको ‘युवा दिवस’ मा गज्जब कार्यक्रम, २०१ युनिट रक्त संकलन (फोटो फिचर)
फेवाताल सफाईमा यसरी जुट्यो ‘दाह्री ग्याङ’ (हेर्नुहोस् फोटो/भिडियो)
पोखराको पोल पोलमा ‘दाह्री ग्याङ’
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने